ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन


एबीसी न्यूज
फाल्गुन ४, २०८२ सोमबार  ६ : ०० बजे

काठमाडौं, ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको सुनिश्चित जितका लागि कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय हुन आह्वान गरेका छन्।

झापा क्षेत्र नं. ५ को भ्रमणका क्रममा सहकारीकर्मीहरूसँग भएको भेटघाटमा उनले केवल व्यक्तिगत मतले मात्र नपुग्ने भन्दै आफ्ना नातागोता र छिमेकीहरूलाई समेत एमालेको पक्षमा मतदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले देशको विकास र समृद्धिका लागि ‘सूर्य’ चिन्हमा मतदान गर्न आग्रह गर्दै कार्यकर्ताहरूलाई दुईवटा मुख्य जिम्मेवारी सुम्पिएका छन्। उनले भने, ‘पहिलो जिम्मेवारी आफू स्पष्ट भएर मतदान गर्ने र दोस्रो जिम्मेवारी आफ्नो वरपरका मानिसहरूलाई सम्झाएर पार्टीको पक्षमा जनमत सिर्जना गर्ने हो।’सबै पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरूले आफ्नो ठाउँबाट योगदान गरेमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने उनको दाबी छ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा भएका विकास निर्माणका कार्यहरू नै जितको प्रमुख आधार भएको उल्लेख गर्दै ओलीले वर्तमान सरकारको आलोचना समेत गरे। उनले एमाले सरकारको पालामा विनियोजित बजेट कटौती भएका कारण केही सडक परियोजनाहरू ठप्प भएको गुनासो गर्दै यो अवस्था लामो समय नरहने आश्वासन दिए।राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको र एमालेविरुद्ध ‘घेराबन्दी’ भइरहेको भन्दै उनले त्यसलाई तोड्न पार्टी सक्षम रहेको बताए।त्यस्तै, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याप्रति चासो व्यक्त गर्दै अध्यक्ष ओलीले सहकारीलाई पारदर्शी बनाउन सुझाव दिए। जनताले दुःख गरेर बचाएको रकम केही व्यक्तिले दुरुपयोग गरेको र ठगी बढेकोमा चिन्ता व्यक्त गर्दै उनले सहकारीहरूलाई जनताको आर्थिक स्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे।सहकारी अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा भएकाले यसलाई मर्यादित बनाउनुपर्नेमा उनको विशेष जोड थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२ वटाबाट स्पष्टीकरण प्राप्त

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com