ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी युवाको हत्या गर्ने र उक्साउने दुवैलाई कारबाही गर्नुपर्छ : प्रभु साह


एबीसी न्यूज
माघ २८, २०८२ बुधबार   ४ : २४   बजे

सर्लाहीमा बालेन र अमरेशको संयुक्त ‘रोड शो’

वीरगन्ज/सर्लाही, : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गर्ने र युवालाई बलिको बोका बनाएर सत्तारोहण गर्ने दुवै थरी अतिवादीबाट देश जोगाउनुपर्ने बताएका छन् । बुधबार वीरगन्जको छपकैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले केपी ओली नेतृत्वको सरकारले गोली चलाएर युवाको हत्या गरेको र रवि लामिछाने तथा बालेन शाहले युवालाई उक्साएर सत्ता हत्याउने प्रयास गरेको आरोप लगाए ।

“जेनजी पुस्ताले सुशासन र भ्रष्टाचारविरुद्ध सचेत आन्दोलन गरे, तर सत्ता जोगाउन ओलीहरूले गोली चलाए, युवाको हत्या गराए,” साहले भने, “उता युवालाई बलिको बोका बनाएर सत्तारोहण गर्ने रवि लामिछाने र बालेन शाहहरूबाट पनि देश बचाउनुपर्छ । दुवै अतिवादीलाई कारबाही हुनुपर्छ ।”

उनले जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको औचित्यमाथि पनि प्रश्न उठाए । “आयोगले तोकिएको समयमा काम गर्न सकेन, यो असफलता हो,” साहले भने । प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै उनले थपे, “आयोगको म्याद लम्बिएको लम्बिएछ, तर प्रतिवेदन तयार भइसकेको छ । सार्वजनिक गर्न केको ढिलाइ ?”

साहले अहिलेको निर्वाचनमा जनताले असल नेताको खोजी गरिरहेको तर नक्कली नायकको भ्रम फैलाइएको आरोप लगाए । “लडाइँ सत्यवादी र शक्तिवादीबीच छ । हामी संख्यामा होइन, सत्यमा विश्वास गर्छौं । जनताले न्याय दिनेछन्,” उनले भने । साह रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

सर्लाहीमा बालेन र अमरेशको संयुक्त ‘रोड शो’

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र नेता डा. अमरेशकुमार सिंहले सर्लाहीमा संयुक्त ‘रोड शो’ गरेका छन् । मधेस प्रदेशको चुनावी यात्रामा रहेका शाह बुधबार दिउँसो सर्लाही–४ पुगेका थिए । यो क्षेत्रबाट रास्वपाको तर्फबाट अमरेशकुमार सिंह उम्मेदवार छन् ।

सिंहले आफ्नो प्रचारका लागि शाहलाई क्षेत्रमा बोलाएका हुन् । दुवैले सर्लाही–४ मा ठूलो ‘रोड शो’ गरेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् । रास्वपाले मधेस प्रदेशमा आफ्नो प्रभाव बढाउन बालेनलाई मुख्य अनुहार बनाएर प्रचार तीव्र बनाएको छ ।

प्रभु साहको अभिव्यक्तिले जेनजी आन्दोलनको राजनीतिक विभाजनलाई फेरि उजागर गरेको छ भने बालेनको सर्लाही भ्रमणले रास्वपाको मधेस विस्तार रणनीतिलाई बल दिएको छ । फागुन २१ को उपनिर्वाचनमा यी घटनाक्रमले मतदाताको मन कता ढल्किन्छ भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group