ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पलको बुटेलमा आस्मा सरर… (भिडियो)


admin

काठमाडौं, १८ साउन । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो….’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन् । भिडियोको ब्यवस्थापनको पाटो बिष्णु बुढाथोकीले सम्हालेका थिए ।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।

कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन् । उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ । यो भिडियोको लागि हामीले २०/२५ दिनभन्दा धेरै रिर्हलसल गरेका छौँ ।’

यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ । उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौँ । अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’ ।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com