ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने


एबीसी न्यूज
माघ २०, २०८२ मंगलबार  ७ : ५७ बजे


काठमान्डौ माघ २०

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट प्रस्तावित ३ हजार १३५ उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सार्वजनिक सूचीमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ। जसमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार कायम भएका छन्। संवैधानिक व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनु पर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरेको थियो।

मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। यस प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन्। दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ।
यसअघि दलहरूले पेश गरेका सुरुवाती सूचीमा दोहोरिएका नाम, दाबी–विरोध तथा कागजात अपुग भएका उम्मेदवारहरूको नाम हटाएर यो अन्तिम विवरण सार्वजनिक गरिएको हो। आयोगले बन्दसूचीको विस्तृत विवरण र उम्मेदवारको व्यक्तिगत विवरण वेबसाइटमा राखेको छ।

निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा क्लस्टर मिलाउनुपर्ने अनिवार्य व्यवस्था छ। आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् तर बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले अब नाम फिर्ता लिन पाउने छैनन्।

।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com