ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’


एबीसी न्यूज
माघ १६, २०८२ शुक्रबार  ३ : ५६ बजे

काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता संवेदनशील राष्ट्रिय मुद्दामा स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै थेबेले बालेनतर्फ संकेत गर्दै ती भूभागबारे स्पष्ट वक्तव्य दिन आग्रह गरे। उनले प्रश्न गरे,
“हुनेवाला प्रधानमन्त्रीज्यू, लिपुलेक र लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो? हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालको नक्सामा समावेश गरेका छौँ कि छैनौँ? अब तपाईंको धारणा सार्वजनिक हुनुपर्छ।”

थेबेले आगामी आम निर्वाचनपछिको राजनीतिक दिशाबारे पनि टिप्पणी गर्दै, नेपाली समाजलाई सुखी र समृद्धिको आधार दिन सक्ने नीति र दृष्टिकोण प्रस्तुत गर्नुपर्ने समय आएको बताए।

उनले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेन्डाको अभाव रहेको आरोप लगाउँदै भने,
“नयाँ दलहरूसँग एजेन्डा छैन। एजेन्डा भएको भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा किन नआउने? एजेन्डा भए पो बहसमा आउनु।”

एमाले नेतृत्वमा भएका उपलब्धिहरूको चर्चा गर्दै थेबेले ऊर्जा, शिक्षा र सुशासन क्षेत्रमा परिवर्तन आएको दाबी गरे।
“हिजो राणा कालमा ६ प्रतिशतले मात्रै बिजुली पाएका थिए। आज हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्‍याएका छौँ,” उनले भने, “सबै सार्वजनिक विद्यालयमा आईटी विकास गरिएको छ। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर हामी अगाडि बढिरहेका छौँ।”

थेबेले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा स्पष्ट, सुसंगत र जिम्मेवार धारणा आवश्यक पर्ने उल्लेख गर्दै, लोकप्रिय नाराभन्दा राष्ट्रिय हितमा आधारित नीतिगत स्पष्टता चाहिने बताए।

उनको अभिव्यक्तिलाई राष्ट्रिय मुद्दामा नयाँ दल र नेताहरूको भूमिकामाथि प्रश्न उठाउने राजनीतिक सन्देशका रूपमा हेरिएको छ। अब बालेन वा रास्वपाबाट उक्त विषयमा कस्तो प्रतिक्रिया आउँछ भन्नेमा राजनीतिक वृत्तको चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com