ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह


एबीसी न्यूज
माघ १४, २०८२ बुधबार   ४ : ५०   बजे

काठमाडौं, — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई फेरि एकपटक बृहत् कम्युनिस्ट एकताको ढोका खोलिदिएका छन्। उनले विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह गर्दै भनेका छन्— ‘अझै पनि आए हामी स्वागत गर्न तयार छौं।’

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरेर आएका नेताहरूलाई नेकपामा समायोजन गर्दै कम्युनिस्ट एकताको विषयमा लामो टिप्पणी गरे।

उनले भने— समाजवादी मोर्चाको समयमा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको थियो। तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भुमरीमा हरायो। राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने अवसर थियो, जुन विप्लवले गुमाए।

प्रचण्डले थपे— अहिले पनि विप्लवप्रति कुनै आक्रोश छैन। आत्मसमीक्षासहित आए हामी स्वागत गर्न तयार छौं। देश अहिले असहज अवस्थामा छ। कम्युनिस्टहरू एकताबद्ध भएर देशव्यापी अभियानमा नगए ठूलो दुर्घटना निम्तिन सक्छ। त्यसैले एकतामा जोड दिइएको हो।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल लगायतका नेताहरूलाई नेकपामा प्रवेश गराइएको थियो। प्रचण्डले अन्य कम्युनिस्ट घटकहरूलाई पनि बृहत् एकतामा सामेल हुन आह्वान गरे।

यो अभिव्यक्तिले कम्युनिस्ट आन्दोलनमा एकताको बहस फेरि तताएको छ। विप्लव पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group