ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी तयारी तीव्र, उम्मेदवार जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र


एबीसी न्यूज
माघ १३, २०८२ मंगलबार  १ : २५ बजे


काठमाडौं माघ १३। नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर लाग्न आह्वान गरेको छ ।

पार्टीले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिहरूलाई परिपत्र जारी गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो ।

परिपत्रमा नेपाली कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गरिएको छ । उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई अगाडि बढ्नुपर्ने समय आएको जनाइएको छ ।

पार्टीले निवर्तमान सभापति शेरबहादुर देउवालाई नामै किटान गरी सहयोगको अपेक्षा गरेको छ । परिपत्रमा पार्टीका पूर्व तथा वर्तमान नेतृत्व, विभिन्न तह र निकायमा रहेका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ दिने विश्वास व्यक्त गरिएको छ ।

नेपाली कांग्रेस नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै विभिन्न कारणले पार्टीबाट टाढा रहेका, अन्य राजनीतिक समूहमा सक्रिय रहेका, निष्क्रिय बनेका वा अन्यायको अनुभूति गरेका सबैलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरिएको छ ।

साथै, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तह र संरचनालाई पूर्ण रूपमा परिचालन गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

सम्बन्धित

विचार र सिद्धान्त छैन, सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ– प्रचण्ड

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

दुई वर्षमा ३५ प्रतिशत‘मात्र निर्माण एसियन हाइवे’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com