काठमाडौं, ६ माघ। नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट दायर भएको रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी परेको छ ।
निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत लगएको थियो ।गगन थापा–विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेश गरेर नयाँ नेतृत्व चयन गरेका थिए । यस विरुद्ध विशेष महाधिवेश नै अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोग पुगेको थियो ।आयोगले नवनिर्वाचित टिमलाई नै वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो ।








प्रतिक्रिया दिनुहोस्