ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)


एबीसी न्यूज

युवाहरूमाझ र्याप गीत र स्टाइलको ट्याप (आकर्षण) छ, तर वास्तविक मधेशी मुद्दामा उनको योगदान शून्यजस्तै छ ।

काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको पहिलो चुनावी सभामा उर्लिएको भीडले धेरैलाई आश्चर्यमा पारेको छ । विशेषगरी मधेश प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभामा हजारौंको भीड जम्मा भएको थियो, तर त्यसमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ वा पार्टीको झण्डा बोकेर आएका थिएनन् । सहभागीहरूले बताएअनुसार, उनीहरू बालेन शाहलाई नै हेर्न आएका थिए— जसले जेनरेशन जेड (जेनजी) विद्रोहको समयमा प्रधानमन्त्रीको चर्चामा आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्।

उनी झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार हुँदैछन्। झापा जानुअघि उनले मधेस प्रदेशको राजधाीबाट आफ्नो चुनावी यात्रा सुरू गरेका हुन्। यस कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी थिए।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट आइतबार उनले राजीनामा दिएर जनकपुरधाम गएका थिए।

त्यो भीड कुनै पार्टीगत राजनीतिक लगावको थिएन । कसैले घण्टी चिन्ह वा रास्वपाको झण्डा समात्न पनि तयार देखिएनन् । बरु, उनीहरूले “बालेन कस्ता रहेछन्” भनेर प्रत्यक्ष हेर्न चाहेका थिए । मधेशमै जन्मेका युवा नेताको रूपमा चर्चित बालेनलाई मधेशी युवा तथा किसानहरूले पनि निकै चासोका साथ हेरेका थिए । तर, यो उत्साहको पछाडि केही प्रश्नहरू पनि उब्जिएका छन् ।

बालेन शाहले आफैं स्वीकार गरेका छन् कि उनी मधेशमा कसैलाई चिन्दैनन् । काठमाडौं मेयर हुँदा उनले मधेशबाट आएका उखु किसानहरूलाई खुलामञ्च वा सडकमा बस्नसमेत दिएनन् भन्ने आरोप लाग्ने गरेको छ । उखु किसानहरू पटक-पटक काठमाडौं आएर बक्यौता रकमको माग गर्दै आन्दोलन गर्दा पनि बालेनले मेयर भएर पनि मुकदर्शक बन्नुपरेको उनले जनकपुर सभामै बताएका थिए । उखु किसान र मिटरब्याज पीडितहरूको दैनिक प्रदर्शन माइतीघर मण्डलामा हुँदा पनि उनले अधिकार क्षेत्र नभएकाले केही गर्न नसकेको बताएका छन् ।

मधेशी समुदायलाई काठमाडौंको मेयर भएर पनि कुनै विशेष स्थान वा सहयोग नदिएको आरोप लाग्ने गरेको छ । काठमाडौं केन्द्रित शासन प्रणालीका कारण मधेशीहरूले स-साना प्रशासनिक कामका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता रहेको उनले जनकपुरमा मैथिली भाषामा सम्बोधन गर्दै भनेका थिए । उनले अब त्यस्तो व्यवस्था अन्त्य गर्ने र प्रदेशलाई बलियो बनाउने वाचा गरेका छन् ।

तर, आलोचकहरूको भनाइ फरक छ । उनीहरूका अनुसार, बालेनमा केवल पद र सत्ताको भोक छ । युवाहरूमाझ र्याप गीत र स्टाइलको ट्याप (आकर्षण) छ, तर वास्तविक मधेशी मुद्दामा उनको योगदान शून्यजस्तै छ । उखु किसानहरूको आन्दोलनलाई रोक्ने, सडक खाली गराउने काम गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । जनकपुर सभामा उर्लिएको भीडले उनको लोकप्रियता देखाए पनि, यो लोकप्रियता स्थायी हुने वा केवल जेनजी विद्रोहको लहरमा आएको हो भन्ने प्रश्न उठेको छ ।

बालेनले मैथिलीमा सम्बोधन गर्दै भने, “काठमाडौंमा अधिकार माग्न जानु पर्दैन, पशुपति र स्वयम्भू घुम्न जानुहोस् ।” उनले मधेशको विकास र अधिकारका लागि केन्द्रीकृत शासन अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । तर, विगतका घटनाहरूले उनलाई मधेशी समुदायसँग कति जोड्छ भन्नेमा शंका कायमै छ ।

यो चुनावी यात्राले बालेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउने हो कि केवल युवा आकर्षणको रूपमा सीमित रहने हो, अबको समयले बताउने छ । तर, जनकपुरको भीडले एउटा कुरा स्पष्ट गरेको छ— नेपाली राजनीतिमा युवा शक्ति र वैकल्पिक नेतृत्वको खोजी तीव्र बन्दै गएको छ ।

सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी

हेर्नुहोस् तस्बिरहरू —

Raswopa1-1768839763.jpeg
Raswopa2-1768839763.jpeg
Raswopa3-1768839760.jpeg
Raswopa4-1768839758.jpeg
Raswopa5-1768839756.jpeg
Raswopa6-1768839755.jpeg
Raswopa8-1768839753.jpeg
Raswopa9-1768839753.jpeg
Raswopa10-1768839752.jpeg
Raswopa12-1768839750.jpeg
Raswopa13-1768839749.jpeg
Raswopa7-1768839749.jpeg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com