काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति भोलि (माघ ६) देशभर उमेदवारी मनोनयन हुँदै छ । राजनीतिक दलहरूलाई यतिबेला टिकट वितरण गर्न भ्याइनभ्याइ छ । जसमध्ये सर्वाधिक चर्चामा रहेको दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाको टिकट वितरण प्रक्रिया चलिरहेको छ । सभापति रवि लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने पक्का छ ।
त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट टिकट लिइसकेका छन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग हुने निश्चित भएको छ । ओली मनोनयन दर्ताका लागि गृहजिल्ला झापा पुगिसकेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढलेको थियो । काठमाडौंका १० मध्ये आठ निर्वाचन क्षेत्रमा रास्वपाले उमेदवारको टुंगो लगाएको छ । काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ राजु पाण्डेले रास्वपाबाट टिकट पाएका छन् । काठमाडौं ४ र ५ मा भने हालसम्म उमेदवारको टुंगो लागिसकेको छैन । उज्यालो नेपालबाट कुलमान घिसिङले काठमाडौं–३ बाटै मनोनयन दर्ता गराउने तयारीमा छन् । उनले उमेदवारी दर्ता गरेको खण्डमा पाण्डे र कुलमानबीच प्रतिस्पर्धा हुनेछ । रास्वपाले काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, डीपी अर्याल ९डोलप्रसाद० काठमाडौं–९, काठमाडौं–१० प्रदीप विष्टलाई टिकट दिएको छ ।
काठमाडौं–२ मा निर्वाचित बनेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेकी छन् । उनको प्रतिस्पर्धा चितवन भरतपुरकी मेयर रेनु दाहालसँग हुने पनि पक्कापक्कीजस्तै छ । मेयर पदबाट राजीनामा दिएर भोलि रेनुले उमेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।
भक्तपुर–२ मा टिकट पाएका पत्रकार राजीव खत्रीसँग एमाले नेता महेश बस्नेतको प्रतिस्पर्धा हुने छ । बस्नेतले एमालेबाट टिकट पाइसकेका छन् ।
त्यस्तै, गोरखा–१ मा सुदन गुरूङ, गोरखा–२ कवीन्द्र बुर्लाकोटीले टिकट पाएका छन् । गोरखा–२ बाट पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०का नेता बाबुराम भट्टराई चुनावी मैदानमा उत्रिदैछन् ।
चितवन–१ मा हरि ढकालले टिकट पाएका छन् । यसअघिको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । डा। तोसिमा कार्कीले ललितपुर–३ बाट चुनाव लड्ने गरी टिकट पाएका छन् ।
ओखलढुंगाबाट चुनाव लड्नका लागि विश्वराज पोखरेलले टिकट पाएका छन् । झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा रानामगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु ढकाल ९सुस्केरा० चुनावी मैदानमा होमिँदै छन् ।
तनहुँ–१ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ–२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् ।
रास्वपा प्रवक्ता मनीष झाले धनुषा–३ बाट प्रतिस्पर्धा गर्नेछन् । ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, उदयपुर–२ बाट सूर्यबहादुर तामाङ, लमजुङमा धर्मबहादुर केसी, नवलपुर–१ राजन गौतम उमेदवार बन्नेछन् । कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ दीपक बोहरा, कञ्चनपुर–३ ज्ञानेन्द्र महताराले टिकट पाएका छन् ।
अछाम–२ मा भुपदेव शाह, कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारू, कैलाली–४ मा हरि रेग्मी, कैलाली–५ मा आनन्द चन्द, बाँके–३ मा खगेन्द्र सुनार, दाङ–२ मा विपीन आचार्यले टिकट पाएका छन् ।
रुपन्देही–३ मा डा। लेखजंग थापा, कास्की–२ मा उत्तम पौडेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरा हेमराज थापाले प्रतिस्पर्धा गर्नेछन् ।
नुवाकोट–१ मा डा।विक्रम तिमिल्सिना, नुवाकोट–२ मा डा. अच्युतम लामिछाने रास्वपाको उमेदवार बन्नेछन् । दाङ–३ मा कमल सुवेदी, लमजुङमा धर्म केसीले टिकट पाएका छन् ।
जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा ई. जगदीश खरेल, मोरङ–१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ–३ मा गणेश कार्कीले टिकट पाएका छन् ।
बागलुङ–२ मा जेनजी युवा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी, कैलाली–२ मा केपी खनाल, धादिङ–१ आशिका तामाङ, सिन्धुली–२ मा आशिष गजुरेललाई रास्वपाले टिकट दिएको छ ।
त्यस्तै, दैलेख–१ मा नन्दकिशोर बस्नेत, दैलेख–२ मा बखतबहादुर शाही, रुपन्देही–१ सुनिल लम्साल रुपन्देही–२ ई. आशिष सुवेदी, कास्की–१ गणेश पौडेल, कन्हैया बनियाँ रुपन्देही–४ ले टिकट पाएका छन् ।
सुनसरी–१ बाट शरिन तामाङ (गोमा), सुनसरी–२ बाट लालविक्रम थापा, सुनसरी–३ बाट अशोक कुमार चौधरी, गुल्मी–२ बाट गोविन्द पन्थीले टिकट पाएका छन् ।
सोमबार मात्रै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंह सर्लाही–४, मन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्ता सिरहा–१ बाट चुनाव लड्ने तयारीमा छन् ।
त्यस्तै, नागरिक सरकारका सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट चुनाव लड्नका लागि राजीनामा दिइसकेका छन् । रहबर अन्सारीले पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका छन् । काभ्रे–२ मा बदन भण्डारी, नवलपुर–२ मा मनीष खनाल, रुपन्देही–५ मा तौफिक अहमद खानले टिकट पाएका छन् ।
रास्वपा सचिवालयका अनुसार, १०१ जना उमेदवारको टुंगो लागिसकेको छ । “१०१ जनाको उमेदवारको टुंगो लागिसकेको छ । त्यसबाहेक अन्यको टुंग्याउँदै टिकट वितरण गर्ने काम भइरहेको छ,” सचिवालय स्रोतले भन्यो ।








प्रतिक्रिया दिनुहोस्