काठमाडौं, ३० पुस । महामन्त्री गगन थापाले नेपाली कांग्रेसको सभापति पदमा एक उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ। विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।







प्रतिक्रिया दिनुहोस्