काठमाडौँ, ६ पुस । राष्ट्रियसभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।आज बसेको सङ्घीय संसद्, राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले सरकारको कामप्रति असन्तुटि व्यक्त गरेका हुन् ।
यस्तै सांसदहरूले तोकिएकै समयमा चुनाव हुन्छ कि हुँदैन ? भनेर सरकारलाई प्रश्नसमेत गरेका छन् । एमालेकी सांसद सुमित्रा बिसीले सरकारले संसद्को सेवा, सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनसमेत माग गर्नुभयो ।नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले पालिकामा नागरिकको सेवाको कामलाई सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले सार्वजनिक खरिदसम्बन्धी सरकारको आदेशले पालिकामा काम गर्न अप्ठयारो परेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसदहरूले सरकारले अत्यावश्यक कानून निर्माणमा चासो नदिएको आरोपसमेत लगाएका छन् ।








प्रतिक्रिया दिनुहोस्