ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँवर्षको अवसरमा भक्तपुरमा आजबाट वृहत औद्योगिक मेला शुरु


admin
चैत्र २३, २०७४ शुक्रबार  ३ : ०२ बजे

भक्तपुर, २३ चैत । नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “ चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्नुभएको छ ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ । २०० भन्दा बढी स्टल रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेको छ भने मेलामा बिक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मेलामा आउनेका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो । मेलामा करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष संदिप महतले जानकारी दिनुभयो ।

मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता गर्नुका साथै चर्चित गायकगायिकाको प्रस्तुित, चर्चित कलाकारको नृत्यलगायतका मनोरञ्जनात्मक प्रस्तुति रहेको आयोजक संस्था मध्यपुर ब्याइजब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

मेलामा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।

मेलामा भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com