सिन्धुली । जुनारको पकेट क्षेत्रका सञ्चालित कार्यक्रमहरुको सरोकारवाला निकाय तथा मिडियाबाट अनुगमन गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीको आयोजनामा जुनार पकेट क्षेत्र तिनकन्याको अनुगमन गरिएको हो । अनुगमनका क्रममा गोलञ्जोर गाउँपालिकाका वडा नं। ४ माझकुभिण्डे, आलेगाउँ लगाएतका ठाउँका जुनार बगैंचाको अनुगमन गरिएको हो ।
कार्यक्रम कार्यान्वयन एकाई सिन्धुलीले सञ्चालन गरेका सिंचाई पोखरी तथा कोल्ड स्टोरको समेत अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, सिन्धुली जिल्ला अदालतका न्यायाधिस कोमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमतीका उपाध्यक्ष बिमला पाण्डे, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, सुरक्षा निकायका प्रमुखहरु, कृषिसँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरु, कोलेनिकाका प्रतिनिधि, सिन्धुलीका जिल्लाका क्रियाशिल पत्रकारहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अनुगमनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले जुनारलाई प्रवद्र्धन गर्न र बजारीकरण गर्नुपर्नेमा जोड दिईन । हावापानी अनुसारका कृषि उत्पादनमा जोड दिएर किसानहरुलाई आयआर्जनमा जोड्नुपर्नेमा कार्कीले जोड दिइन ।
कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस कोमलराज विष्टले आफ्नै भूमिमा सुन फलाउन सकिने सन्देश दिएको बताए । देशभरी नै कृषि उत्पादनलाई जोड दिएमा देशको समृद्धि नजिक रहेको बताए । बजार प्रवद्र्धन र पूर्वाधार विकासमा ध्यान दिन सरोकार निकायले ध्यान दिन सकेमा अझ प्रभावकारी उत्पादन हुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले किसानहरुको उच्च मनोवल राख्न र जुनारको प्रवद्र्धनको लागि सरकारी निकायबाट गरिएको सहयोग सह्रानिय रहेको बताईन । उनले कोल्ड रुपममा सहयोग, सिंचाईको व्यवस्था, रोग किरा नियन्त्रणमा सहयोगले कृषकको उत्पादन, उत्पादकत्व क्षमता र दिगोपन गराई रहन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । कृषकलाई आकर्षित कसरी गर्न,े उच्च प्रतिफल दिने कसरी बनाउने र दिगो उत्पादनमा ध्यान दिन आवश्यक रहेको बताइन ।








प्रतिक्रिया दिनुहोस्