ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो


एबीसी न्यूज
मंसिर १६, २०८२ मंगलबार  ७ : ५१ बजे


काठमाडौं, १६ मंसिर । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका छन् ।इन्डोनेशियाको सुमात्रा, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा लगातार वर्षा र चक्रवातका कारण बाढी पहिरोमा परि लाखौं मानिस विस्थापित भएका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । इन्डोनेशियामा मात्रै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ सय नाघेको छ ।श्रीलङ्कामा साढे ३ सय जना, थाइल्यान्डमा १ सय ७६ जना र मलेशियामा ३ जनाको ज्यान गएको खबरमा उल्लेख छ । इन्डोनेशिया र श्रीलङ्का दुवै देशले सेना परिचालन गरी उद्धार तथा राहत कार्य भइरहेको जनाएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ भने विद्युत् तथा सञ्चार अवरुद्ध हुँदा हवाई तथा डुङ्गा मार्फत आपत्कालीन सामग्री पुर्‍याइँदैछ ।श्रीलङ्कामा झन्डै ११ लाख मानिस प्रभावित भएका खबरमा उल्लेख छ । श्रीलङ्का सरकारले यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । धेरै ठाउँमा विद्यालय, पुल, घर र खेतबारी बगाएको छ ।हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । त्यहाँको मौसम विभागका अनुसार केही ठाउँमा अझै ठूलो वर्षाको सम्भावना कायमै रहेकोले उद्धार तथा राहतमा थप समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com