काठमार्डौं, १५ मंसिर । नेपाली बजारमा सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ । अघिल्लो दिन आइतबार एक तोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।आइतबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ४९० पुगेको थियो।








प्रतिक्रिया दिनुहोस्