ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमान्डु चौथो जितपछि प्लेअफ नजिक, कर्णालीलाई गाह्रो


एबीसी न्यूज

काठमाडौं, १४ मंसिर । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो ।विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।उता पाँच खेलमा चौथो हार व्यहोरेको कर्णालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्णाली दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै पूरा गरेको हो ।काठमान्डुका लागि जेरार्ड एरसामसले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ४३ रन बनाए । यस्तै सिम्पसनले २१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन योगदान गरे । एरसामस र सिम्पसनले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले एक विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे । अन्तिम ३ बल नन्दन यादवले खेल्दा गुल्सन अर्धशतक जोड्नबाट बन्चित भए ।यस्तै पवन सराफले २८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३५ र मार्क वाटले २५ बलमा ३० रन जोडे । गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । कर्णाली १५ ओभरमा ९१र६ को अवस्थामा थियो । त्यसपछि कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो ।बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com