ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता नामावली दर्ताका लागि पाँच दिन थप : साढे २ लाखभन्दा धेरै नयाँ मतदाता थपिए


एबीसी न्यूज
कार्तिक २९, २०८२ शनिबार  ८ : १४ बजे

काठमाडौं, २९ कात्तिक । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनेको चाप बढेपछि पाँच दिन समय थप गरेको छ । आयोगले हिजो शुक्रवार निकालेको विज्ञप्तिमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको उल्लेख छ ।प्रधानमन्त्री सुशीला कार्कीले हिजो आयोगलाई समय थप्न आग्रह गर्नुभएको थियो । यसअघि आयोगले भोलि कात्तिक ३० सम्मको समय तोकेको थियो । पछिल्लो विवरण अनुसार दुई लाख ५७ हजार पाँच सयभन्दा धेरै नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।आयोगले थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत् आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण ९फोटो तथा औँठाछाप० दिएर सेवा लिन सकिने व्यहोरा पनि जानकारी गराएको छ ।आज शनिवार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले अनलाइनमार्फत् आवेदन गर्न सक्ने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आज शनिवार आवेदन गर्न नसक्ने आयोगले जनाएको छ । आयोगले पहिले नै आवेदन पेश गरिसकेका नागरिकलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य आज सञ्चालन रहने व्यहोरा पनि जानकारी गराएको छ ।साथै आयोगले आज शनिवार मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ्कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन गर्न सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अस्तिदेखि अनलाइनबाट नाम दर्ता गराउनेको पनि चाप उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com