काठमाडौं, १९ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई हात्तीवन पुगेर भेटवार्ता गरेका छन् । प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल भएको हो । उहाहरूबिच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भएको बताइएको छ । पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आउनुभएका खनाल अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा मिसिनु भएको थियो । पार्टीमा उहाले प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयता पाउने निश्चित भएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्