काठमाडौं, २० कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शनसहितको जनसभा गर्ने जनाएको छ । त्यसका लागि सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ । त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ ।
नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ । जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन् । उनले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेका छन् । आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्