काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताउएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताएका हुन । उहाँले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गरे ।
आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरुले चाहेको बताए । आफूहरु कुनै पदको लागि फर्किन नलागेको स्पष्ट पारे । नेता श्रेष्ठले एमाले नेताहरुले आफूहरुलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए ।








प्रतिक्रिया दिनुहोस्