ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा ‘हस्ताक्षर’ भएको ट्रम्पको घोषणा


एबीसी न्यूज


काठमाडौं, २३ असोज।  इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा ‘हस्ताक्षर’ भएको ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेको घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ सबै बन्धकहरू धेरै छिट्टै रिहा हुने भन्ने हो भने इजरायलले आफ्ना सेनाहरूलाई सहमति अनुसार फिर्ता लैजानेछ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई इजरायलका लागि ठूलो दिन भएको बताएका छन् । यसलाई अनुमोदन गर्न बिहीबार (आज) सरकारको बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसंघले यस सम्झौताको पूर्ण कार्यान्वयनका लागि समर्थन गर्ने बताएका छन् । उनले गाजामा मानवीय सहायताको वितरण बढाउने र पुनर्निर्माण प्रयासहरूलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

गुटेरेसले सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पालना गर्न आग्रह गरेका छन् । सम्झौतामा इजरायली बन्धकहरूको रिहाइ, स्थायी युद्धविरामको पालना र गाजामा तुरुन्तै मानवीय आपूर्तिहरूलाई अनुमति दिने समावेश छन् ।

उनले भने, “यो पीडाको अन्त्य हुनै पर्छ,” गुटेरेसले थपे, “म सबै सरोकारवालाहरूलाई कब्जा अन्त्य गर्न, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिन र इजरायली तथा प्यालेस्टिनी दुवैलाई शान्ति र सुरक्षामा बाँच्न सक्षम बनाउन दुई–राज्य समाधानतर्फको एक विश्वसनीय राजनीतिक बाटो स्थापना गर्न यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्न आग्रह गर्दछु ।”

एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार, इजरायली सरकारबाट अनुमोदन भएपछि जेरुसेलमको समयअनुसार दिउँसो करिब २ बजेबाट तत्काल युद्धविराम लागु हुनेछ ।

उनले इजरायलले पहिलो पाँच दिनको अवधिमा दैनिक ४०० सहायता ट्रकहरूलाई गाजामा प्रवेश गर्न दिनेछ । पछिल्ला चरणहरूमा यो संख्या क्रमशः बढाइने बताए ।

हमासले सम्झौताको पुष्टि गरेको र ट्रम्प तथा संलग्न देशहरूलाई इजरायललाई सम्झौतालाई पूर्णरूपमा पालना गर्न बाध्य पार्न आग्रह गरिरहेको छ ।

इजिप्टमा भएको यो वार्ता, इजरायलले ७ अक्टोबर २०२३ को हमलाको जवाफमा गाजामा सैन्य अभियान सुरु गरेको दुई वर्ष र दुई दिनपछि सम्पन्न भएको हो । उक्त हमलामा हमास नेतृत्वका बन्दुकधारीहरूले करिब १२ सय मानिसको ज्यान लिएका थिए । २५१ जनालाई बन्धक बनाएका थिए ।

गजाको स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसबेलादेखि गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ६७ हजार १८३ मानिस मारिएका छन् । २० हजार १७९ बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com