ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक


एबीसी न्यूज


काठमाडौं, २२ असोज । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल (आडिएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।

इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो।

यद्यपि, भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा अपहरणमा परेको करिब एक महिनापछिको उनको अवस्था देख्न सकिन्छ।

यसअघि अपहरणकै दिन शिफा अस्पतालको एक सुरक्षा क्यामेरा फुटेजमा उनलाई देखिएको थियो। सोपछि उनको कुनै तस्बिर बाहिर आएको थिएन।

नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा हमासले किबुत्ज अलुमिममा आक्रमण गर्दा उनलाई बन्धक बनाइएको थियो।

आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड बाहिर फालेर अरूको ज्यान बचाएको विवरणहरू समेत सार्वजनिक भएका थिए।

करिब दुई वर्षदेखि उनको अवस्था अज्ञात रहँदा परिवारले निरन्तर उनको सकुशल रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com