काठमाडौं, १८ असोज । धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी -काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ ।
लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।








प्रतिक्रिया दिनुहोस्