ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो : अध्यक्ष ओली


एबीसी न्यूज
आश्विन ९, २०८२ बिहीबार  ८ : ०८ बजे

काठमाडौं, ९ असोज । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको जिकिर गरेका छन् ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।
उनले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गरे । उनले आफू निशानामा रहेको पनि थाहा पाएको बताएका छन् ।
‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त रु हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ ? समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ?,’ ओलीले भने, ‘हामी नेपालीहरू देश जोगाउनु छ, देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त रु भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यही अपराध भयो ।’

उनले देशलाई विकासको खाका तयार पारेर अघि बढेको र अशान्ति, सुव्यवस्था कायम गर्ने र हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको दाबी समेत गरेका छन् ।‘मैले विकासको एउटा खाका कोरेर अघि बढाएँ, नेतृत्व गर्ने कुरामा अघि बढेँ । समाजमा अशान्ति, सुव्यवस्था कायम गर्न सबै हिंसाको वकालत गरिरहेका शक्तिहरूलाई हिंसा छोडाएर राष्ट्रिय एकताको मूल धारमा ल्याएँ । तैपनि मलाई प्रहारको निशाना बनाएर यो हिंसा मच्चाउनुपर्ने आवश्यक थिएन,’ उनले भने ।
२३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड लगायतका घटना जेनजीहरूले नगरेको ओलीले भने ।

‘जेनजीले यो गरेका थिएनन् । जेनजीको यस्तो निराधार, प्रतिशोधी कुरा होइन,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)तर्फ इंकित गर्दै यसअघि कसकसले सिंहदरबार जलाउँछु भन्दै हिँडेको भन्ने आफूलाई थाहा भएको समेत बताए ।

‘म भन्न चाहन्नँ, अलि अगाडिदेखि कस कसले केके बोलेका थिए भन्ने थाहा छ । सिंहदरबार जलाइन्छ, बालुवाटार घेरिन्छ, याँ गरिन्छ, त्याँ गरिन्छ, उत्पात मच्चाइन्छ भनेर भाषण गरिरहेका थिए । सरकारले यसको खोजी गरोस्,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com