ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको लद्दाखमा युवा आन्दोलन भड्कियो, भाजपा कार्यालयमा आगजनी


एबीसी न्यूज
आश्विन ८, २०८२ बुधबार  ६ : ३९ बजे

काठमाडौं, ८ असोज । भारतको लद्दाखमा युवा आन्दोलन भड्कियो, भाजपा कार्यालयमा आगजनीकाठमाडौं । नरेन्द्र मोदी सत्ताले संविधान संशोधन गरेर विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित बनाएको लद्दाखमा युवा आन्दोलन भड्किएको छ ।लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग राख्दै पर्यावरणविद् र सामाजिक कार्यकर्ताले २ सातादेखि अनसन जारी राखेका थिए । अनसनमा बसेका सोनम वाङचुककको समर्थनमा निस्केका हजारौं मान्छे सडकमा उत्रिएर लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेका थिए ।समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् । अहिले लेह र लद्दाखको अवस्था तनावग्रस्त रहेको छ । हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिएपछि परिस्थिति भड्किएको छ ।सोनमले हिंसाको बाटो नलिन युवालाई आह्वान गरेका छन् ।
प्रदर्शनकारीले भाजपाको कार्यालय जलाएर झण्डा फालेका थिए । उनीहरुले प्रहरीका गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् । जेनजी आन्दोलन आफ्नो कारण नभएर सरकारले गरेको उपेक्षा र बेरोजगारीका कारण भड्किएको सोनमले बताएका छन् ।यसअघि जम्मु कश्मिर राज्यमा रहेको लद्दाख एक हिमाली पर्यटकीय क्षेत्र हो । २०१९ मा मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि संविधान संशोधन गरेर लद्दाखलाई केन्द्र प्रशासित बनाएका थिए भने कश्मिरको विशेषाधिकार पनि खोसेका थिए । त्यसयता भित्रभित्रै त्यहाँका नागरिक आन्दोलित थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com