ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यता विपरितः प्रवक्ता महत


bhawani desk

काठमाडौँ, ५ असोज ।नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जी आन्दोलनमा सरकारी र निजी सम्पतीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको दाबी गर्नुभएको छ । आज महाराजगञ्जस्थित निजी निवासमा पत्रकारसँगको भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकारका लागि लढ्दा ज्यान गुमाउने कुरा धेरै दुःखद् भएको बताउनुभयो । नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय नराम्रो नरहेको बताउनुभयो । उहाँले देशका सम्पतीहरु नष्ट गर्न लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्तिहरु सामेल भएको जिकिर गर्नुभयो । शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरुबाट कमजोरी भएको स्वीकार गर्दै नेतृत्व तहबाट भएका कमजोरीलाई कानूनसम्मत ढंगबाट हटाउन सकिने बताउनु भयो । जनप्रतिनिधिहरुको संस्था संसद विघटन हुनु नराम्रो भएको बताउनुभयो । लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै भएका कमी कमजोरी हटाउन सकिने बताउनुभयो ।

प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताउनुभयो । अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भएपनि त्यो हुन नसकेको बताउनुभयो । अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतमाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने बताउनुभयो । देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न जरुरी रहेको बताउनुभयो । पार्टीमा रहेका सबै नेताहरु भ्रष्ट र गलत हुन् भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यो सरासर गलत भएको दाबी गर्नुभयो । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने नेताहरु पनि धेरै रहेको भन्दै यसलाई बिर्सन नहुने जिकिर गर्नुभयो । जनता भन्दा दोस्रो निर्णायक हुन नसक्ने बताउनुभयो । सबै मिलेर देशलाई मजबुत गर्नुपर्ने र लोकतान्त्रिक संस्थालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अफ्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गर्नुभयो । देश अहिले अफ्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको बताउनु भयो । जेन जी पुस्ताको आन्दोलनका क्रममा प्रवक्ता महतको घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् । उक्त घर आफूले अध्ययन गरेर कमाएको पैसाबाट बनाएको जिकिर गर्नुभयो । आफू पदमा पुगेको बेलामा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com