ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी नयाँ एच–१बी भिसा शुल्कले ‘जटिल मानवीय परिणाम’ ल्याउने भारतको चेतावनी


एबीसी न्यूज
आश्विन ५, २०८२ आईतबार  ७ : ५० बजे

काठमाडौं, ५ असोज । अमेरिकी नयाँ एच–१बी भिसा शुल्कले ‘जटिल मानवीय परिणाम’ ल्याउने भारतको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प (दायाँ) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९बायाँ० । फाइल तस्बिर स् एजेन्सी ।

काठमाडौं । भारतले अमेरिकी दक्ष कामदार भिसा ९एच–१बी०का निम्ति आवेदन दिनेहरूलाई लाग्ने नयाँ एक लाख डलर शुल्कले जटिल मानवीय परिणाम ल्याउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा आवेदनका निम्ति नयाँ शुल्क लगाउने कार्यकारी आदेश शुक्रबार जारी गरेका थिए । यो शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हो । यही सेप्टेम्बर २१ देखि यो कार्यान्वयनमा ल्याइनेछ ।

यो कार्यक्रमअन्तर्गत जारी हुने दक्ष भिसामध्ये ७० प्रतिशतभन्दा बढी भारतीय कामदारले प्राप्त गर्ने गरेका छन् । केही अमेरिकी प्रविधि कम्पनीले आफ्ना एच–१बी भिसा भएका कर्मचारीलाई अमेरिकाभित्रै बस्न वा विदेशमा भए तुरुन्त फर्कन सल्लाह दिएका जनाइएको छ ।

यद्यपि, शनिबार ह्वाइट हाउसले नयाँ शुल्क हालका भिसा वा नवीकरण आवेदनमा लागु नहुने स्पष्ट पारेको थियो ।

भारतको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त शुल्कले ‘परिवारहरूमा उत्पन्न हुने व्यवधानका कारण’ गम्भीर मानवीय परिणाम ल्याउने जनाएको छ । भारत सरकारले यी व्यवधानलाई अमेरिकी अधिकारीले उपयुक्त रूपमा सम्बोधन गर्ने अपेक्षा गरेको छ ।

विज्ञप्तिमा दक्ष कामदारको आदानप्रदानले दुवै राष्ट्रलाई ‘अत्यधिक योगदान’ पुर्‍याएको उल्लेख छ । साथै, ‘यसैले नीति निर्माताले दुई देशबीचको बलियो जनसम्बन्धसहित आपसी लाभलाई ध्यानमा राखेर हालैका कदमको मूल्यांकन गर्नेछन्’ भनिएको छ ।

भारत सरकारको सम्भावित प्रतिक्रियाबारे भने विज्ञप्तिमा कुनै विशेष विवरण दिइएको छैन ।

ट्रम्पले गएको महिना रुसी तेल खरिदका कारण भारतमाथि दण्डनात्मक शुल्क लगाएपछि दुई देशबीच तनावपूर्ण व्यापार वार्ता चलिरहेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार, सन् २०२४ मा अमेरिकाले भारतमा ४१।५ अर्ब डलरबराबरको सामान निर्यात गरेको थियो । भारतबाट दोब्बरभन्दा बढी अर्थात् ८७।३ अर्ब डलरबराबरको सामान आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com