ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले अमेरिका आउने दक्ष कामदार भिसामा लगाए एक लाख डलर थप शुल्क


एबीसी न्यूज

काठमाडौं, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा कार्यक्रमका आवेदकहरूले अब थप एक लाख डलर शुल्क तिर्नुपर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यो भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउनका लागि प्रयोग हुँदै आएको छ । अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्कहरू गरेर करिब १५ सय डलर लाग्ने गरेको थियो ।
कार्यक्रमको दुरुपयोग भएको भन्दै शुल्क नतिरेसम्म प्रवेशमा प्रतिबन्ध लगाइने प्रावधान नयाँ आदेशमा गरिएको छ ।

एच–१बी कार्यक्रमका आलोचकहरूले लामो समयदेखि एच–१बी भिषाले अमेरिकी कामदारलाई कमजोर बनाउने दाबी गर्दै आएका छन् । तर, अर्बपति एलन मस्कसहितका समर्थकहरूले भने यो भिसाले अमेरिकालाई विश्वभरका उत्कृष्ट प्रतिभा आकर्षित गर्न सहयोग पुर्‍याएको तर्क गर्छन् ।

यसको बदलामा निश्चित आप्रवासीहरूका लागि भिसा प्रक्रियालाई छिटो बनाउन गोल्ड कार्ड व्यवस्था अर्को आदेशमा गरेका छन् । जसको शुल्क दश लाख पाउन्डबाट सुरु हुनेछ ।

शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा आदेश सार्वजनिक गर्दा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक पनि उपस्थित थिए ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाको तथ्यांकअनुसार, आगामी आर्थिक वर्षका लागि एच–१बी भिसा आवेदन तीन लाख ५९ हजारमा झरेको छ, जुन पछिल्ला चार वर्षकै सबैभन्दा कम हो ।

अघिल्लो आर्थिक वर्षमा यो कार्यक्रमको सबैभन्दा लाभ लिने कम्पनी अमेजन थियो, त्यसपछि टाटा, माइक्रोसफ्ट, मेटा, एप्पल र गुगलजस्ता प्रविधि कम्पनीहरू थिए ।

वाटसन इमिग्रेसन ल की संस्थापक अधिवक्ता ताहमिन वाटसनले बीबीसीसँग कुरा गर्दै यो निर्णयले साना व्यवसाय र स्टार्टअपहरूलाई असर पार्ने बताइन् ।

उच्च शुल्कका कारण यो पहुँचबाहिर हुने बताइएको छ । एक लाख डलरको प्रवेश शुल्कले विनाशकारी प्रभाव पार्ने र धेरै साना र मध्यम कम्पनीहरूले दक्ष कामदार नपाउने बताइएको छ ।

एच–१बी कार्यक्रममाथि उच्च शुल्कले भारतजस्ता देशमा ठूलो चिन्ता बढाएको बताइएको छ । भारत अमेरिकाका लागि खासगरी आईटीका दक्ष कामदारहरुको सबैभन्दा ठूलो स्रोत थियोे । बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com