एबीसी टिप्पणीः सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्तालाई सामान्यतया जेनजी(जेनजेड) भनिन्छ । पछिल्लो घटनाक्रमका रुपमा नेपालमा आश्चार्यचकित पार्ने राजनीति विप्लव निम्त्याइदिएपछि यसको विश्वव्यापी चर्चा छ। विशेषगरी छिमेकी देश भारतलाई सवैभन्दा बढी तरंगित पारिरहेको छ । किन यसभन्दा पहिले उसको छिमेकका बंगलादेश र श्रीलंकमा जेनजी पुस्ताको त होइन, तर डिजिट सन्जालले त्यहाँका सत्ता ढलाइदिएको थियो । उत्कर्षमा नेपालको राज्यसत्तालाई नै पछिल्लो प्रदर्शन र हिंसाले जरैदेखि हल्लाइदिएकोे घटनाबाट अब पालो भारतको त होइन भन्ने चिन्ता बढाएको सहजै बुझ्न सकिन्छ ।

एक वाक्यमा भन्नुपर्दा जेनजी पुस्ताको आक्रोश क्षणिक उन्माद पटक्कै होइन, यो निरन्तर चल्ने आँधी हो । विश्वव्यापी पुँजीवाद र नवउदारवादी शोषणका वहुरुपिया दुस्चक्रको हैरानीबाट जेनजी पुस्ताले आफ्नो भविष्य असुरक्षित, अन्योलग्रस्त र भयभित ठानिरहेको छ । यही बुझाईको ठोस आक्रोश नै जेनजी पुस्ताको विद्युतीय आन्दोलन र अभियान हो । यो आँधीले काठमाडौं सहित देशभरका सम्भ्रान्तीय सत्ता र चमकधमकमाथि गहिरोगरी प्रहार गरेको छ । अवश्य नै जेनजी पुस्तालाई आफ्नो आक्रोशमा साथ दिन को को कस्ता कस्ता रंग र रुपका मानिस मिसिन्छन् भन्ने बारेमा यथोचित मतलव छैन । सवैभन्दा डरलाग्दो पक्ष यही नै हो ।
नेपालको जेनजी (न्भलभचबतष्यल श्, सन् १९९७–२०१२ मा जन्मिएका) पुस्ताको क्रोध एक यस्तो आँधी हो जुन निरन्तर चलिरहन्छ, कहिल्यै थामिंदैन। जेनजी पुस्ताको निराशा, आन्दोलन र परिवर्तनको मागलाई निरन्तर र शक्तिशाली रूपमा काठमाडौंको सडकले चित्रण गरेको बुझ्न कसैले पनि कन्जुस्याईं गर्नु हुँदैन । यो आँधीले भ्रष्टाचार, सरकारी दमन (जस्तै, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध), र अभिजात वर्गको विलासिताप्रतिको आक्रोशलाई व्यक्त गरेको छ । सन् २०२५ को सेप्टेम्बरमा सुरु भएको “जेनजी आन्दोलन“ले देशका महत्वपूर्ण भौतिक संरचना र देशकै विश्वास र आशालाई नराम्रोसँग हल्लाइदिएको छ ।
जेनजी पुस्ता को हो?
नेपालमा जेनजी पुस्ता (१६–२८ वर्ष उमेर समूह) डिजिटल युगमा हुर्किएको, सामाजिक रूपमा सचेत र प्रविधिमा पोख्त पुस्ता हो। यो समूहले उच्च बेरोजगारी (लगभग १९%), आर्थिक असमानता र सन् २००६ पछिको लोकतान्त्रिक परिवर्तनले ल्याएको निराशा भोगिरहेको छ। नेपालमा ७०% भन्दा बढी युवाहरू टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता सामाजिक सञ्जालमा सक्रिय छन्। यी मञ्चहरू उनीहरूको अभिव्यक्ति र जीविकोपार्जनको प्रमुख माध्यमका रुपमा एकमात्र विकल्प बन्दै आएका छन् ।
यो पुस्ताका युवायुवतीहरुले पुराना नेताहरू (नेपाली कांग्रेस, एमाले, माओवादी लगायत) लाई भ्रष्ट र जनताबाट टाढा पुगेको मान्छन् । जेनजी पुस्ताले पारदर्शिता, डिजिटल स्वतन्त्रता र समान अवसरको माग गर्छ।
“आँधी“ किन?
सरकारले “राष्ट्रिय सुरक्षा“ तथा नियमनको उल्लंघनक गरेको भन्दै फेसबुक इन्स्टाग्राम र युट्युव लगायतका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो। यो कदमलाई जेनजीले आफ्नो अभिव्यक्तिको स्वतन्त्रता र जीविकामाथिको आक्रमण भएको ठाने । यसले नै तत्काल आन्दोलनको चिंगारीमा बदल्ने आगोको झिल्काको काम गरेको हो ।
प्रदर्शनकारीहरूले “नेताका छोराछोरी“जसलाई नेपोकिड्स वा नेपोबेविज नाम दिएको छ । सामान्य नेपालीले मुद्रास्फीति (२०२५ मा ६% भन्दा माथि) र गरिबीको सामना गरिरहेको बेला यी नेपोबेविजले उनीहरुले विदेशमा विलासी जीवन बिताइरहेको, राज्यको धन र जनताले अझै ठोसरुपमा भन्दा युवायुवतीको भाषामा आफूहरुले तिरेको करको पैसामा मोजमस्ती गरेको, महंगा महंगा ब्रान्डका पोशाक, खानपिन र आहरविहारमा डुबेको भन्दै आक्रोश व्यक्त गरे। “भ्रष्टाचारविरुद्ध जेनजी“ जस्ता नाराहरूले जलविद्युत र विप्रेषण क्षेत्रका व्याप्त भ्रष्टाचारप्रतिको आक्रोशलाई सडकमा ल्याइदियो ।
वातावरणीय क्षति (जस्तै, कृषिमा जलवायु परिवर्तनको प्रभाव), लैंगिक असमानता र राजनीतिक परिवारवादले पनि आक्रोशलाई बल पु¥याएको छ। यो आन्दोलन विश्वव्यापी जेनजी आन्दोलनसँग जोडिन्छ । हालैमात्र इन्डोनेसियाको संसदले सांसदहरुको सुविधा बढाउने निर्णय विरुद्ध प्रदर्शन गर्दा संसद भवन जलाएको सोसल साइटमा भाइरल बनिरहेकै थियो । त्यही बेला वर्षौंदेखि साँचिएको आक्रोश भीपीएन र भूमिगत सञ्जालमार्फत सामाजिक सञ्जाल प्रतिबन्धलाई छल्दै घरघरमा डढेलोको रुपमा फैलिएको थियो ।
काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन सुरु भयो र पोखरा, विराटनगरलगायत अन्य सहरमा फैलियो। हजारौं जेनजी युवाहरूले प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध मार्च गरे। भिडियोहरू भाइरल भए, र प्रहरीको आँसु ग्यास र रबर गोली भनिएका तर सार्प सुटरले चलाएको शैलीमा वर्षेका गोलीबाट एकैदिन कम्तीमा १७ जनाको हत्या भएपछि युवायुवतीको आक्रोशले आँधीको रुप लिन पुग्यो ।
सिंहदरबार र संसद नजिक प्रदर्शन हिंसात्मक बन्ने प्राय निश्चित थियो । प्रदर्शनकारीहरूले अवरोध तोड्ने प्रयास गर्द कम्तीमा ५ जनाको हत्या भएको, जतासुकै मानिस मारिएको, विद्यार्थी मारिएको भन्ने अफबाह सवैखाले सन्जालमा लाइभ प्रसारणकै रुपमा डढेलो जसरी फैलिएपछि पूर्वनियोजित देखिने समूहहरुले भीडमा प्रवेश गरेर देश नै जलाउन भ्याए । तर पनि युवायुवतीको आक्रोश मत्थर हुन सकेको छैन। भलै उनीहरुलै तुरुन्तै आगजनी र तोडफोड अभियान चलाएका छैनन् ।
त्यो देशव्यापी आगजनीमा त जेनजीले मात्र होइन त्यस्ता आपराधिक समूहहरुले पनि सोसा साइटका इनक्रिप्टेड एपहरू मार्फत नै आक्रमणको संयोजन गरिरहेका थिए । त्यो अभियान भूमिगत रुपमा जारी नै छ।
जेनजीपुस्तको सामाजिक सन्जालबाट फैलिएको आक्रोशमा विद्यार्थी, प्रभावशाली व्यक्तित्व र प्रवासी नेपालीहरूको सहभागिताले गर्द यो आन्दोलन फराकिलो बनेको छ। #GenZStormNepal जस्ता ह्यासट्यागहरू प्रोक्सीमार्फत ट्रेन्डमा छन्।
अहिले पनि लाखौं प्रदर्शनकारीहरू देशभर सक्रिय छन्, भिडियो र प्रत्यक्षदर्शीको प्रतिक्रिया नै यथेष्ट प्रमाण भएकोमा कुनै शंका छैन ।
जेनजीका घोषणापत्रहरूले यो लडाइँलाई “पुस्तागत धारा“ को रूपमा प्रस्तुत गर्छन्, जसले नयाँ राजनीतिको सम्भावना देखाउँछ।
। सुशीला कार्की जस्ता स्वच्छ छवि भएका भनिएका नेताहरुले देशको नतृत्व गर्ने अवस सिर्जना भएको घटनालाई “नयाँ सुरुवात“ को प्रतीक मान्न सकिन्छ । विश्वव्यापी रूपमा जेनजीले जलवायु आन्दोलन जस्ता एजेण्डामा परिवर्तन ल्याएको सन्दर्भ हेर्दा नेपालको आन्दोलनले पनि लोकतन्त्रलाई पुनर्जनन गर्न सक्ने प्रशस्त सम्भावाना खडा भएको छ । तर सार्थक र सघन संवादको अभावमा हिंसा वा दमन बढेर देशको सार्वभौमसत्ता सवैभन्दा डरलाग्दो खतरामा पर्न पनि सक्छ । यो बेग्लै कुरा हो । यसप्रति जेनजीपुस्ताले त्यति गहिरोगरी सोचेको पनि छ्रैन ।
दुनिया बदलेको युवा पुस्ताले नै हो
दुनिया बदलेको बलिष्ठ हात पाखुरा भएर मात्र होइन, दुनियालाई बदल्न हरेक क्षण चेतावनी दिइरहने विचारक पनि युवा अझ अहिले भनिएको जेनजी पुस्ता भन्न मिल्ने उमेरकै युवा हुन् । अर्थात समाजमा दुई वर्ग छन् । एउटा शोषक र अर्को शोषित । शोषित पिडितहरुले शोषकको सत्ता मिल्काउनु अनिवार्य छ भन्ने महान दार्शनिक कार्ल माक्र्स २७ वर्षको उमेरमा उनका परम मित्र २९ वर्षीय फ्रेडरिक एंगेल्ससँग मिलेर कम्युनिष्ट घोषणा पत्र जारी गर्दै भनेका थिए –संसारका मजदुर एक हौं । यो नाराको अनेक तरिकाले खण्डन मण्डन भएपनि गलत सावित गर्न वितेको एक सय त्रिहत्तर बर्षदेखि कसैले सकेको छैन । माक्र्सको विचारलाई माक्र्सवादका नाममा विश्व पुँजीवादको केन्द्र मानिएको अर्थात त्यही पुँजीवादका सर्वनाश गर्ने घोषणापत्रका बारेमा अमेरिका देखि विश्वका सवै विश्वविद्यालयमा अनिवर्या रुपमा अध्यन र अध्यापन हुँदै आएको छ । त्यो पनि समाज विज्ञान, शास्त्र भन्ने वित्तिकै माक्र्सवाद विना सवैखाले अध्ययन अपूरो मानिंदै आएको छ । दुर्भाग्य त्यही विचारबाट पार्टी बनाएको भन्ने नेपाली स्वाँठहरुले किन युवायुवतीको आक्रोशप्रति आँखा चिम्लिरहेका छन् ? यसको जबाफ पनि सेप्टेम्वर ८ ले दिएको छ, जसरी १८७१ को पेरिस विद्रोहबाट संसारभरका सामन्ती र नाफाखोर स्वाँठहरुलाई सबक सिकाएको थियो । अहिले नेपालका युवाहरु फरक तरिकाले विश्वलाई सन्देश दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्