काठमाडौ २ असोज । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिनुभएको छ । नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज ९सुदूरपश्चिम प्रदेश० राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिनुभएको हो ।
उहाँहरुले हिजो पार्टी अध्यक्ष डा। चन्द्रकान्त राउत र सङ्गठन विभाग डा। जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गर्नुभएको थियो । माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।
संयुक्त राजिनामापत्रमा देशको विषम परिस्थितिमा पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटम दिदा अपहेलना गरी अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरेकाले आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न संसदीय दलले पार्टीमा सिफारिस गरेको छ । अनुशासन पालना नगरेकोले कारबाही गर्न आज पार्टीमा सिफारिस गरेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद यादवले जानकारी दिनुभयो ।
जेन जी आन्दोलनको दोस्रो दिन फेसबुकमार्फत राजिनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक राजीनामा नदिएको विषयमा पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको थियो । सिंहले राजिनामा घोषणा गरेपनि प्रदेशसभा विघटन नभएपछि पद नछोड्ने अडान लिनुभएको छ ।
पार्टीको पत्र अनुसार जनमत पार्टीबाट वन तथा वातावरण मन्त्री रहेका सञ्जय यादव र उद्योग, वाणज्यि तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले राजीनामा दिइसक्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्