ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्कीको नियुक्ति महिला सशक्तीकरणको महत्त्वपूर्ण उदाहरणः भारतीय प्रम मोदी


एबीसी न्यूज
भाद्र २८, २०८२ शनिबार   ५ : ३९   बजे

काठमाडौं २८ भदौ,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनु महिला सशक्तीकरणको उदाहरण भएको बताएका छन् ।

मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले नेपालका समकक्षी कार्कीलाई बधाइ दिएका छन् ।

‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो,’ मोदीले भनेका छन्, ‘आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’

जेनजी प्रदर्शनपछि क्षतिग्रस्त संरचनाहरू सरसफाइबारे पनि मोदीले बोलेका छन् । उनले यस्तो दृश्यलाई नयाँ नेपाल निर्माणको संकेत भनेका छन् ।

‘पछिल्लो दुई तीन दिनदेखि नेपालका युवक युवती सडकको सफाइ र रंगरोगनको काम पवित्र भावना र मिहेनतका साथ गरिरहेका छन् । सामाजिक सञ्जालमा आइरहेको उनीहरूको तस्वीर मैले पनि देखेको छु,’ मोदीले भनेका छन्, ‘यो सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायक मात्र छैन, नेपाल नवउदयको स्पष्ट संकेत पनि हो । म नेपालको उज्वल भविष्यका लागि शुभकामना दिन्छु ।’

मोदीको भनाइ:

हिमालयको काखमा रहेको नेपाल भारतको एक मित्र हुन् । हामी साझा इतिहासबाट जोडिएका छौं, आस्थाले जोडिएका छौं । साथसाथै अगाडि बढारहेका छौं । अन्तरिम सरकारका प्रधानमन्त्रीका रुपमा पदभार सम्हालेकी श्रीमती सुशीलाजीलाई एक सय ४० करोड भारतबासीका तर्फबाट हार्दिक बधाइ दिन्छु ।

मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तिकरणको महत्वपूर्ण उदाहरण हो । आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।

नेपालमा भएको यो घटनाक्रममा अर्को एक कुरा पनि विशेष रह्यो । त्यसतर्फ मान्छेको ध्यान गएको छैन । पछिल्लो दुई तीन दिनदेखि नेपालका युवक युवती सडकको सफाइ र रंगरोगनको काम पवित्र भावना र मिहेनतका साथ गरिरहेका छन् । सामाजिक सञ्जालमा आइरहेको उनीहरुको तस्वीर मैले पनि देखेको छु । यो सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायक मात्र छैन, नेपाल नवउदयको स्पष्ट संकेत पनि हो । म नेपालको उज्वल भविष्यका लागि शुभकामना दिन्छु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group