ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा


एबीसी न्यूज
भाद्र २८, २०८२ शनिबार  ७ : ०० बजे

काठमाडौँ, २८ भदौ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको छ ।

राष्ट्रपति कार्यालय स्रोतले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको जानकारी गराएको छ । तर प्रधानमन्त्री निकट स्रोतले भने जेनजीका प्रतिनिधिसँगको सहमतिमा प्रतिनिधिसभा विघटन भएको बताएका छन् ।

जेनजीले गरेको आन्दोलनपछि उनलाई नेपालको संविधान बमोजिम अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसैबीच फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी मिति पनि तय भएको राष्ट्रपति निकट स्रोतले जानकारी दियो ।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

अमेरिकी उच्च अधिकारीको भ्रमणमा प्रधानमन्त्री ‘बाइपास’—सरकारको कूटनीतिक असफलता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com