ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधाज्ञा र कर्फ्यु कायमै, आवतजावतका लागि बिहान ५ घण्टा र बेलुका २ घण्टा समय निर्धारण


एबीसी न्यूज

काठमाडौं, २७ भदौ । काठमाण्डौमा निषेधाज्ञा र कर्फ्यु कायमै, आवतजावतका लागि बिहान ५ घण्टा र बेलुका २ घण्टा समय निर्धारण
नेपाली सेनाले जनधनको सुरक्षाका लागि भन्दै काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिएको छ । किनमेल र लगायतका अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान पाँच घण्टा र बेलुकी दुई घण्टा समय निर्धारण गरिएको छ ।

आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी सात बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको छ । अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी पाँच बजेदेखि सात बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ । विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र ९डिजिटल बाहेक० देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।

यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ । काठमाण्डौ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने सेनाले जनाएको छ ।

अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवम् धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरूरी कामका लागि भएकाले यस समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको सेनाले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com