ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी दमनविरुद्ध अमेरिकामा नेपालीहरूको विशाल प्रदर्शन


abc news
भाद्र २४, २०८२ मंगलबार  १० : ३३ बजे

काठमाडौ २४ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्ध सडकमा उत्रेका युवा–विद्यार्थीको हत्याको विरोधमा अमेरिकाका विभिन्न शहरहरुमा विशाल प्रदर्शन भएका छन्।

हत्या गरिएका १९ जना विद्यार्थीको श्रद्धाञ्जलीका लागि अमेरिकाको टेक्सास राज्यको डालसमा करिब ५ हजार नेपाली जम्मा भएको पत्रकार विकासराज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

डालसको पशुपतिनाथ मन्दिर तथा बौद्धविहारमा सोमबार दिउँसोदेखि रातीसम्म नेपालीहरु जम्मा भएर सरकारी दमनको विरोध तथा हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

उनीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्ति गरेका थिए । त्यहाँ उनीहरुले भ्रष्टाचार रोक ९स्टप करप्सन०, मानव अधिकार हनन भयो ९ह्युमन राइट्स भायोलेटेड०, जनता मार्न पाइँदैन, नेपालका युवाको आवाज सुनिनुपर्छ, ‘कालो दिन, अस्ताएका सपनाहरु’, रेमिट्यान्स पठाउन बन्द गर, जस्ता नारा लेखेका प्लेकार्ड बोकेर सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

त्यस्तै, न्यूयोर्कस्थित ज्याक्सन हाइटमा हजारौंको संख्यामा नेपालीहरु जम्मा भएर हत्या गरिएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यहाँ जम्मा भएकमा नेपालीहरुले पनि ‘युवाहरुसँग नडराऊ, उनीहरुका कुरा सन’ , ‘जेनजी, वी स्ट्यान्ड विथ यु’ भन्ने लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले पनि नेपाल सरकारको दमनको तीव्र विरोध गरेका थिए।

त्यस्तै, अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा पनि हजारौं नेपालीहरु स्वस्फूर्त रुपमा जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,’ भन्ने गीत गाएर तथा भ्रष्टाचार र सरकारको विरोधमा नाराबाजी गरेका थिए । त्यहाँ उनीहरुले नेपालको झन्डाको आकारमा दिप प्रज्वलन गरेका सरकारले हत्या गरेका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यस्तै, बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको प्राङ्गणमा पनि नेपालीहरु उपस्थित भएर सरकारले हत्या गरेका युवा विद्यार्थीहरुलाई श्रद्धाञ्जलि व्यक्त गरेको पत्रकार न्यौपानेले जानकारी दिए । अमेरिका अन्य स्थानहरुमा पनि नेपालीहरु स्वस्फूर्त रुपमा उपस्थित भएर मृतकप्रति श्रद्धाञ्जली र सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com