ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगपति चौधरीको नौ भाषामा काव्यकृति ‘वसन्त’


admin

काठमाडौं, २० चैत । कवि वसन्त चौधरीको नौ भाषामा लेखिएको चौथो काव्यकृति ‘वसन्त’ को आज लोर्कापण गरिएको छ ।

कवि तथा उद्योगपति चौधरीको ६० औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँद्वारा रचित काव्य नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, जनकवि दुर्गालाल श्रेष्ठ, साहित्यकार भुवन ढुंगाना, प्राज्ञ प्रा उषा ठाकुर, पण्डित मानवेन्द्र शर्मा, भाषाशास्त्री डा रामावतार यादव, आख्यानपुरुष धु्रवचन्द्र गौतम, भाषाविद् अमृत योञ्जन र संगीतकर्मी नुपूर भट्टाचार्यले संयुक्त रुपमा लोकार्पण गर्नुभयो । कृति अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडी भाषा गरी आठ भाषामा अनुवाद गरिएको छ ।

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको सहकार्यमा प्रकाशित कृति लोर्कापण कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य इतिहासमा एक कृतिलाई धेरै भाषामा अनुवाद गरी प्रकाशन गरिएको ‘वसन्त’ पहिलो कृति भएको जिकिर गर्दै उहाँका कृतिले पाठकलाई आत्मविश्वास र साहस दिएको बताउनुभयो ।

जनकवि श्रेष्ठले चौधरीमा पनि बहुभाषिक दख्खल रहेको अनुभव सुनाउनुभयो ।
आख्यानपुरुष गोतामे, साहित्यकार ढुंगाना, प्रा ठाकुरलगायतले साहित्यकार चौधरीका कृतिमा जीवन भोगाइ र प्रेम तथा भावनाको सरल प्रस्तुति पाइने बताउनुभयो । कृति संग्रहको समीक्षा गर्दै प्रा अभि सुवेदीले सो कृतिले नेपाली साहित्यलाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कवि चौधरीले व्यवसाय, साहित्यिक सिर्जना र सेवामा निरन्तर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । कृति नेपालभाषामा सुरेशकिरण मानन्धर, अंग्रेजीमा डिबी गुरुङ, हिन्दीमा गोपाल अश्क, मारवाडीमा लक्ष्मण नेवटिया, मैथिलीमा धीरेन्द्र प्रेमर्षि भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान बल र बंगालीमा राजेन्द्र गुरागाईँले अनुवाद गर्नुभएको हो । नेपाली कवितासंग्रहको सम्पादन डा देवी नेपाल गर्नुभएको छ । उहाँका यसअघि ‘मेघा’ (हिन्दी र नेपाली), ‘मेरा कविताहरू’(नेपाली) र ‘आँशुओँ की स्याहीसे’(हिन्दी) गरी तीन कवितासंग्रह प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com