ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी विघटन हुनुअघि एमालेले बोलायो पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक


admin
चैत्र २१, २०७४ बुधबार  ५ : ४६ बजे


२१ चैत, काठमाडौं ।
पार्टी एकीकरणको अन्तिम सन्ध्यामा नेकपा एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले बैशाख ९ गते माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुअघि पार्टीको पोलिटब्यूरो र केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको हो ।

आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय लिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

एमालेले वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो ।

सम्भवतः एमालेका यी दुई बैठक नै अन्तिम बैठक हुनेछन् । त्यसको दुई दिनपछि नेकपा एमाले औपचारिक रुपमा विघटन भै माओवादी केन्द्रसँग हुने एकीकरण पछि नयाँ पार्टीको नाममा राजनीतिक मैदानमा आउनेछ ।

स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष ओलीले एकताका लागि केही प्राबिधिक बिषय मात्र बाँकी रहेको भन्दै तिनलाई पनि चाँडै टुंगो लाग्ने बताउनुभएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com