ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले थप ३७ जना नेपालीलाई गर्‍यो निष्कासन, चार्टर्ड जहाजबाट काठमाडौं ल्याइँदै


abc news
भाद्र १७, २०८२ मंगलबार  ८ : ४९ बजे

काठमाडौं, १७ भदौ । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ।
अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो। राहदानी नभएकाहरूलाई वासिङटनडिसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइ दिएको छ। निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी,विश्वकर्मा,बोहरा, बुढाथोकी,छिनाल,डाँगी,कुँवर,खत्री र शाह थर भएका एकरएकजना छन्। यसैगरी दुईजना चौधरी,दुईजना कँडेल,दुईजना खड्का,छजना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्।
यस्तै आचार्य, पुन, विके,गौतम, शेर्पा,सिंह,सुवेद,तामाङ र ठाडा थर भएका एकरएकजना पनि भोलि नेपाल आइपुग्नेछन्।

अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो। पछिल्लो पटक अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू धमाधम निष्काशन हुन थालेका छन्। अवैध ढंगबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ। जसको मारमा नेपालीहरू पनि पर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com