ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमश्रृंखलाहरू हाम्रो जीवनका लागि अत्यावश्यक पानीको स्रोत– पूर्व जलस्रोत सचिव प्रधान (भिडियोसहित)


abc news
भाद्र १५, २०८२ आईतबार  ५ : २६ बजे

काठमाडौं । मुलुकमा सबै नेपाली जनताले शुद्धा पानीको उपयोग गर्न त परै जावस जीविकोपार्जनका लागि न्यूनतम् खानेपानी समेत नपाएर थाकथलो सर्न पर्ने अवस्था विद्यमान रहेको पूर्व जलस्रोत सचिव भुवनेशकुमार प्रधान बताएका छन् । मुलुकको जलस्रोत क्षेत्रमा पाँच दशक लामो विशिष्ट योगदानको कदर गर्दै प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउण्डेसनले प्रधानलाई ‘राष्ट्रिय स्रोत–रक्षक सम्मान, २०८२’ द्वारा सम्मानित समेत गरिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्व सचिव प्रधानलाई दोसल्ला ओढाई, कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेका थिए । उक्त कार्यक्रमा बोल्दै उनले नेपाल मनसुन सुरु भएपछिको ४ महिना पानीमा धनी हुन्छ , बाढी आउने गरी र ८ महिना पानीको अभावमा बाँचिरहनु पर्ने बाध्यता रहेको बताए । उनले नेपाल पृथ्वीको समृद्ध जलस्रोत र हिमश्रृंखलाहरूले धनी देश भएको र हिमश्रृंखलाहरू हाम्रो जीवनका लागि अत्यावश्यक पानीको स्रोत भएको बताए । हिमनदी र हिमतालले सिँचाइ, जलविद्युत्, खानेपानी र पारिस्थितिक सन्तुलन कायम राख्न ठूलो भूमिका बताउदै उनले , ग्लोबल वार्मिङ र मानवीय गतिविधिले यी हिमश्रृंखलाहरू खतरामा पारेको बताए । उनले भने हिमनदीहरू छिटो पग्लिँदा बाढीको जोखिम बढ्छ भने दिर्घकालमा पानीको अभावले कृषि, उद्योग र जनजीवन प्रभावित हुन्छ। उनले हिमश्रृंखलाहरू जोगाउन प्रभावकारी उपाय अपनाउनु आवश्यक छ। जंगल संरक्षण, प्रदूषण नियन्त्रण, दिगो पर्यटन र जलस्रोत व्यवस्थापन यसमा महत्वपूर्ण रहेका बताए । साथै, हिमनदीको अनियन्त्रित दोहन रोक्न र स्थानीय समुदायलाई सचेत बनाउने काम पनि आवश्यक पहल गरिनुपर्ने समेत उनले बताए । सरकार, वैज्ञानिक, शिक्षाविद् र नागरिक सबै मिलेर संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने हामीले अहिले नै कदम चाल्यौं भने मात्र नेपालका हिमश्रृंखलाहरू दीर्घकालसम्म सुरक्षित रहन सक्छन्। यी हिमश्रृंखलाहरूको संरक्षणले मात्र हाम्रो भौगोलिक सम्पदा, पारिस्थितिकी सन्तुलन र भावी पुस्ताका लागि जीवन दायित्व सुनिश्चित गर्न सक्छ। हिमश्रृंखलाहरू जोगाउनु हाम्रो कर्तव्य मात्र नभई भविष्यको सुनिश्चिततासँग पनि जोडिएको छ।
https://www.youtube.com/watch?v=4uu74XHnjdU&ab_channel=ABCTVNepal

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com