काठमाडौं १४ भदौं । नेपाली भूमि लिपुलेकबारे भारत र चीनले हालै व्यापारिक नाका बनाउने भन्दै गरेको सहमति प्रति नेपाली कुटनीतिज्ञहरुले आपत्ति जनाएका छन् । यस बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट जबाफ दिएर नेपाली जनतालाई आफ्नो सार्वभौमसत्ताको सुरक्षाप्रति प्रतिवद्ध रहेकोमा आश्वस्त पार्नु राम्रो हुने सुझाव चीनका लागि पूर्व राजदूत राजेश्वर आचार्यले दिएका छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै कुटनीतिज्ञ आचार्यले भारत र चीन जस्ता ठूला मुलुकले नेपालजस्तो सानो देशको संवेदनशीलतामा खेलेको बतएका छन् । आचार्यका अनुसा प्रधानमन्त्री ओलीले लिपुलेककको बारेमा संसदमा बोल्न नसक्ने हो भने माफी माग्नु पर्ने चेतावनी दिएका छन् । जनताको करबाट चलेको प्रधानमन्त्री जनताको सरोकारको विषयमा भागेर हिंडन नमिल्ने आचार्यको सुझाव छ ।
सन् २००० को समयमा चीनका लागि राजदूत रहेका आचार्यले नेपाल–चीन सम्वन्ध र लिपलेक तथा कालापानी तथा सीमा मामिलकाा बारेमा सिलसिलेबार तथ्यहरु अघि सारेका छन् । डा. आचार्यसँगको महत्वपूर्ण अन्तर्वार्ता एबीसी टिभीको युट्युव लिंक र फेसबुक पेजमा समेत हेर्न सकिनेछ ।
*लिपुलेकबारे ओली माथि प्रश्न उठेको छ भन्ने हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।








प्रतिक्रिया दिनुहोस्