ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश पठाइदिने नाममा लाखौँ ठगी गरि एजेण्ट फरार


abc news
भाद्र १३, २०८२ शुक्रबार  ५ : ०८ बजे

काठमाडौं । बैदेशिक रोजगारीमा पठाउने गाउँघरका एजेन्ट भनाउँदा दलालहरुको कारण प्रहरी, प्रशासनमा उजुरी पर्ने क्रम बढेर गएको छ ।
गरिबीले थिचेपछि घरधन्दा चलाउन, छोराछोरीलाई राम्रो शिक्षा दिने सपना बुनेर विदेश जाने सोचमा पुगेका दैलेख नारायण नगर पालिका– ७ का देवेन्द्र बहादुर बस्नेत यति बेला निकै तनाव मा छन् । बस्नेतले गाउँमा ऋण काढेर विदेश जाने पैसा पनि जोरजाम गरे । गाउँघरकै चिनजानको व्यक्तिमार्फत उनी विदेश पठाउने एजेण्टको सम्पर्कमा पुगे । एजेण्टले उनलाई मौरिसस लागि कामदारको माग आएको भन्दै विदेश जाने जाने सल्लाह दियो । त्यही सल्लाह अनुरुप उनले पटक पटक गरि ९ लाख ६६ हजार रुपैयाँ एजेण्टलाई बुझाए । तर एजेण्टले पैशा लिएर सम्र्पक विहिन बने पछि उनको विदेश जाने यात्रा रोकियो । बस्नेतलाई नक्कली टिकट देखि सम्पूर्ण कागजात समेत तयार गरि आकर्षक तबल भएको भन्दै विजय रावल भन्ने ब्यक्तिले पटक पटक आफ्नो अन्य ब्यक्ति खातामा समेत रकम हाल्न लगाएको पीडित देवेन्द्र बहादुर वस्नेत बताए । हाल आए मौरिसस पठाइदिने भनेको एजेन्ट न उनको सम्पर्कमा छ, न उनले रकम फिर्ता पाएका छन् । न्यायका लागि उनले वैदेशिक रोजगारमा उजुरी दिएपनि उनि पक्राउ पर्न सकेका छैेन । वैदेशिक रोजगारीका नाममा ठगीमा पर्दा पीडितहरुले ऋणमाथि ऋणको भारी बोक्नु परिरहेको गुनासो रहेको छ । उनले भने हामीलाई को कस्तो छ भन्ने के थाहा ? मेनपावर कम्पनी खोलेर बसेका हुन्छन्, उनीहरुले कहाँ कसरी पठाउँछन् भन्ने जानकारी हामीलाई हुँदैन । पैसा माग्छन्, लैजान्छन् अनि अलपत्र पार्छन् ।’ वैदेशिक रोजगारका लागि पठाउन खोज्दा चिनजानकै व्यक्तिले रकम असुल गरी फरार भएका हुन । दैलेख जिल्ला घर भई काठमाडौमा बस्दै आएका विजय रावल, दाङ घर भई काठमार्डौं बस्दै आएका विष्णु बहादुर सेन र रामेछाप घर भई काठमार्डौ बस्ने चित्र कुमारी बस्नेत पटक पटक गरि ९ लाख ६६ हजार रुपयाँ बुझेर सम्पर्क विहिन भएको बस्नेत बताउछन् । उनका अनुसार उक्त ब्यक्तिहरुलाई पक्राउ पूर्जी जारी भएको भएपनि हाल सम्म एक जना मात्र चित्रकुमारी बस्नेत मात्र पक्राउ परेको पीडित देवेन्द्र बहादुर बस्नेतले बताए । पीडित बस्नेतका अनुसार आफु मात्र नभएर अन्य दूई जना समेत उनिहरुबाट पीडित भएको बताएका छन् । कानुनमा ईजाजत बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, वैदेशिक रोजगारमा पठाउँछु भनि झुठो आश्वासन दिएमा वा प्रलोभन देखाई रकम असुली गरेमा ३ देखि ७ वर्षसम्म कैद सजाय र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । वैदेशिक रोजगार गइ अलपत्र परेमा पीडितसँग लिएको रकमको ५० प्रतिशत हर्जानासहित विदेश जाँदा आउँदासम्मको खर्चसमेत सम्बन्धित व्यक्तिले दिनुपर्ने कानुनी व्यवस्था छ । तर अधिकांश पीडितहरुले उक्त कानुनी व्यवस्था अनुरुप न्याय पाउन सकेका छैनन् । उनिहरु विरुद्ध ठगिमात्र नभएर संगठित अपराध र कागजात कृर्तेमा समेत अनुसन्धान हुनुपर्ने पीडितहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com