ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा नागा बाबाको नग्नता अश्लील होइन, धार्मिक अभ्यास हो: सर्वोच्च अदालत


abc news

काठमाडौं, १० भदौ । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नागा बाबा ९साधु० नाङ्गै बस्ने परम्परालाई अश्लीलता मान्न नसकिने ठहर गरेको छ । यो उनीहरूको धार्मिक आस्था र सनातन परम्पराको अभिन्न अङ्ग भएकोले यसलाई रोक्न आदेश दिन नमिल्ने फैसला अदालतले सुनाएको हो ।

एक वर्ष अघि २०८१ भदौ २७ मा न्यायाधीशद्वय डा। कुमार चुडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट निवेदन खारेज गर्दै यस्तो आदेश दिएकोमा मङ्गलवार पूर्णपाठ सार्वजनिक भएको हो ।

अधिवक्ता न्यौपानेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा नागा साधुले सार्वजनिक स्थलमा आफ्ना गोप्य अङ्ग प्रदर्शन गरी नाङ्गै बस्ने, खरानी धस्ने जस्ता क्रियाकलापले महिला तथा बालबालिकामाथि यौन हिंसा र मनोवैज्ञानिक असर पारेको भन्दै यस्तो कार्य रोक्न माग गर्दै रिट दायर गरेका थिए । उनले यसलाई सार्वजनिक अश्लीलता र धार्मिक कुरीति भन्दै यस्ता साधुलाई नेपाल प्रवेशमा रोक लगाउन र सरकारी कोषबाट रकम दिन बन्द गर्न परमादेशको माग गरेका थिए ।

तर, सर्वोच्च अदालतले आफ्नो फैसलामा नाङ्गो हुनु र अश्लील हुनु फरक विषय भएको व्याख्या गरेको छ । अदालतले भनेको छ, ‘नग्नता आफैँमा अश्लील हुँदैन । कुनै पनि कार्य अश्लील हो वा होइन भन्ने कुरा त्यसको उद्देश्य, परिस्थिति र सामाजिक स्वीकार्यतामा भर पर्छ।’ फैसलामा नागा साधुले भक्तजनमा कामोत्तेजना बढाउने वा चरित्रहीन बनाउने उद्देश्यले नभई, भगवान् शिवप्रतिको भक्ति, समर्पण र साधनाको रूपमा सनातनदेखि चलिआएको अभ्यास अनुसरण गरेको देखिने उल्लेख छ। अदालतले विभिन्न हिन्दु धर्मशास्त्र, वेद र उपनिषद्‌को उदाहरण दिँदै सांसारिक मोह त्यागेर निर्वस्त्र रहनु परमहंस सन्न्यासी परम्पराको एक हिस्सा भएको बताएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले दाबी गरेजस्तो यो कार्यले भक्तजनमा यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बनाउने देखिँदैन । यो सनातनदेखि चलिआएको धार्मिक, सामाजिक र नैतिक मूल्यको दृष्टिले स्वीकार्य अभ्यास हो।’ नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता दिएको र नागा साधुको यो अभ्यास पनि धार्मिक स्वतन्त्रता अन्तर्गत पर्ने अदालतको ठहर छ । शैव सम्प्रदायभित्रको यो विशिष्ट परम्परामाथि रोक लगाउँदा धार्मिक अल्पसंख्यकमाथि भेदभाव हुन जानेतर्फ पनि अदालतले सचेत गराएको छ । पशुपति क्षेत्र विकास कोष लगायतका विपक्षीले यो एक प्राचीन धार्मिक परम्परा भएको र यसलाई व्यवस्थित गर्न आफूहरूले काम गरिरहेको जवाफ दिएका थिए ।

अदालतले नागा साधुलाई पशुपति परिसरमा प्रवेश निषेध गर्दा सनातन परम्परामाथि नै हस्तक्षेप हुने भन्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । यद्यपि, मेला व्यवस्थापनका क्रममा पशुपति क्षेत्र विकास कोषले उनीहरूका लागि निश्चित स्थान तोक्न सक्ने र कुनै साधुले कानून विपरीतको काम गरेमा प्रचलित कानून अनुसार कारबाही हुने विषयलाई भने अदालतले खुला राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com