ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शर्तसहित हमाससँग वार्ता गर्न सकिने इजरायलको सङ्केत


abc news

काठमाडौ ६ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता शुरु गर्न निर्देशन दिनुभएको छ । नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको योजना पनि स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

कतार र इजिप्टको मध्यस्थतामा हमासले हालै ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै इजरायल सबै बन्धक एकै पटक मुक्त भएपछि मात्रै सम्झौता सम्भव हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

इजरायली अधिकारीका अनुसार वार्ताका लागि ठाउँ निश्चित भएपछि वार्ताकारहरू पठाइने तयारी भइरहेको छ । तर नेतन्याहुले युद्ध अन्त्यको लागि हमासको निशस्त्रीकरण, सीमामा इजरायली नियन्त्रण र गैर–हमास प्रशासन स्थापना हुनुपर्ने शर्त राख्नुभएको छ ।

यसैबीच गाजा सिटीका पूर्वी क्षेत्रमा हिजो पनि ठूलो बमबारी भएको छ । इजरायली सेना ९आईडीएफ० ले झन्डै १० लाख मानिसलाई दक्षिणतर्फ सार्नको लागि तयारी गर्न चेतावनी दिएको छ । तर गाजाको स्वास्थ्य मन्त्रालयले यस्तो कदमले स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने भन्दै अस्वीकार गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान शुरु गरेको हो । त्यस आक्रमणमा १२ को ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म ६२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com