ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको बृहत रक्तदान अभियान, एक लाख युनिट रगत संकलन लक्ष्य


abc tv
श्रावण ३१, २०८२ शनिबार  ५ : १५ बजे

काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले चार दिने बृहत रक्तदान अभियान सञ्चालन गर्ने भएको छ । भदौको ६ देखि ९ गतेसम्म देशभर रक्तदान अभियान सञ्चालन गर्न लागेको हो ।

दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा गरी एक लाख युनिट रक्त संकलन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा केन्द्रका सहनिर्देशक रामसिंह ऐरीले मानव कल्याणका लागि यो विशाल रक्तदान अभियान सम्भवतः पहिलो हुने दावी गरे । उनले भने, ‘चार दिनमा नेपाल र भारतमा गरी एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखेका छौं ।’

काठमाडौं उपत्यकामा मात्र पाँच हजार युनिट रगत संकलन गर्ने केन्द्रले बताएको छ । त्यस्तै नेपालभर १० देखि १५ हजार युनिट रगत संकलन हुने उनीहरुको दावी छ ।

रगत संकलन अभियानले गम्भीर अवस्थाका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने विश्वास आयोजकको छ ।

यो अभियानको आइतबार खुमलटारस्थित नाष्टको सभाहलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com