ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै


abc news
श्रावण ३०, २०८२ शुक्रबार   २ : ४२   बजे

काठमाडौ ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष भेट भनिएको छ ।

बैठकमा ट्रम्प आफ्नो प्रमुख चुनावी बाचा युक्रेनमाथिको रुसको युद्ध अन्त्य गर्ने प्रयासमा केन्द्रीत रहने बीबीसीले जनाएको छ । अलास्काको एकोरेजको अमेरिकी सैन्य बेसमा हुने यो छोटो तर उच्चस्तरीय बैठक केही घण्टामात्र चल्ने तय भएको खबरमा भनिएको छ ।

ट्रम्पले यो वार्ताबाट सकारात्मक परिणाम आउने दाबी गर्नुभएको छ । उहाँले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई प्रयोग गरी युद्धविराम खोज्ने बताउनु भएको छ तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्ताबाट पूर्णरुपमा बाहिर राखिएको छ ।

जेलेन्स्कीले आफूविना भएको कुनै पनि सम्झौता ‘अर्थहीन’ हुने चेतावनी यसअघि नै दिइसक्नुभएको छ । उहाँले विशेषगरी डोनबास क्षेत्र र अन्य कब्जामा रहेका क्षेत्रहरू रूसलाई सुम्पिने कुनै पनि विचार अस्वीकार गर्ने बताउनु भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसलाई युद्धविरामको अल्टिमेटम दिँदै असफल भए कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको थियो । तर रुसी पक्षले निरन्तर मौनता अपनाउँदै आफ्नो अडान डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रमा पूर्ण सार्वभौमिकता र युक्रेनको नाटोमा प्रवेश नगर्ने ग्यारेन्टी फेरी दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

सम्बन्धित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

समूह डी को पहिलो खेल : अष्ट्रेलिया र टर्कीबीच विश्वकपको संघर्ष

स्कटल्यान्डको संघर्षपूर्ण जित, हैटीलाई १–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group