ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन सञ्चारमाध्यमलाई प्रशासनमा दर्ता गर्ने प्रावधानविरुद्धको रिट पाण्डेयको इजलास


abc news
श्रावण २७, २०८२ मंगलबार   १२ : ५८   बजे

काठमाडौं, २७ साउन । अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने नयाँ प्रावधानविरुद्धको रिट मंगलबार ९साउन २७० सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
अनलाइन सञ्चारमाध्यम निर्देशिकाअनुरूप सूचना तथा प्रसारण विभागमा दर्ता गरिँदै आएको थियो । त्यसलाई बन्द गर्ने गरी सरकारले छापाखाना तथा प्रसारणसम्बन्धी ऐन संशोधनको सूचना यही साउन १४ गते राजपत्रमा प्रकाशन गरेको थियो ।
योसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण विभागबाट नहुने सूचना साउन २० गते निकालियो । सरकारको निर्णय र विभागको सूचना बदर गरी अनलाइन सञ्चारमाध्यमलाई निर्देशिकाअनुरूप नै दर्ता गर्ने आदेश माग गर्दै अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा सोमबार ९साउन २६० रिट दायर गरेका हुन् ।उक्त रिट न्यायाधीश पाण्डेयको इजलासको चौथो नम्बरमा परेको छ । अधिवक्ता आचार्यले सरकारको निर्णय संविधानको धारा १९ को प्रावधानसँग बाझिने जिकिर गरेका छन् । कुनै पनि समयमा अनलाइन सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउने जोखिम रहने भन्दै उनले उक्त प्रावधान कार्यान्वयन नगर्नरनगराउन परमादेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group