ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेटधारी व्यवसायी विरुद्ध सरकारको अर्को कडा कदम, धुलिखेलसम्मको रुट इजाजत खुला


admin
चैत्र २१, २०७४ बुधबार  १२ : ५५ बजे

काठमाडौं, २१ चैत । काठमाडौंस्थित कोटेश्वरपूर्वका १० वटा समितिले अरनिको राजमार्गमा बस संचालन नगरेपछि सरकारले अन्य व्यवसायीहरुलाई धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले अरनिको राजमार्ग अन्तरगतको धुलिखेलसम्मको रुट इजाजत लिन आउन यातायात व्यवसायीहरुलाई बुधबार आह्वान गरेको हो । यस रुटमा चल्ने धेरैजसो यातायात सेवा समितिले बस संचालन गर्न अटेर गरेपछि अन्य यातायात संचालकहरुलाई पनि धुलिखेलसम्मको रुट इजाजत लिन आह्वान गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

विभागले यातायात सेवालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन पनि सबै यातायात व्यवसायीहरुलाई सचेत गराएको छ ।

अत्यावश्यक सार्वजनिक यातायात सेवा संचालन नगरेपछि विभागले काठमाडौं उपत्यकामा चलिरहेका अन्य यातायात व्यवसायी समितिहरुलाई धुलिखेलसम्मको रुट इजाजत दिने निर्णय गरेको हो ।

मयूर यातायातलाई काठमाडौं– बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र सहरी दुवै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन । यातायात व्यवसायीहरुले यातायात सेवा संचालनमा नल्याउँदा यस क्षेत्रका सेवाग्राही मारमा परेका छन ।

विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीहरुको रुट इजाजत खारेज गर्ने चेतावनी समेत दिएको छ । कानुन बमोजिम यातायात सेवा निरन्तर संचालनमा नल्याए त्यस्ता यातायाताको रुट इजाजत खारेज हुने पनि विभागका निर्देशक अर्यालले चेतावनी दिनु भयो ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट इजाजत लिएका सवारी साधनहरु संचालनमा नआए इजाजत खारेज हुनेतर्फ यातायात व्यवसायीहरुलाई सचेत गराउँदै आएको छ । विभागका निर्देशक अर्यालले कानुनको पालना गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com