काठमाडौ २१ साउन । न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न परामर्श दिएको छ।
आज बुधबार प्रधान्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले यो निर्णय गरेको हो।
ुप्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजसम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी ९नायब महान्यायाधिवक्ता० पदमा काम गरेका डा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्नेु निर्णयमा भनिएको छ।
अब उनको नियुक्तिसम्बन्धी निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
नायब महान्यायाधिवक्ता डा। टेकबहादुर घिमिरेले अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि पदबाट राजीनामा दिएका थिए।
डा। घिमिरेले साउन २ गते पदबाट राजीनामा दिएका हुन्। उनले साउन २ गतेबाट लागू हुने गरी दिएको स्वैच्छिक अवकाश साउन चार गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।
प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त हुँदै, क्षेत्राधिकार पनि बढ्ने







प्रतिक्रिया दिनुहोस्