ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध पार्छ – उपमहासचिव पुन


abc news

काठमाडौ २० साउन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् ।

किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरमा पार्टी सम्बद्ध किसान संगठनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए । अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो ।

उनले माओवादी नेताहरुले व्यवस्था परिवर्तनका लागि भएको १०औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै आन्दोलनबाट कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरुले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं । हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरु छौं । जति रिस उठे पनि दायाँबायाँ, अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरुका सपनाको जिम्मा लिनुपर्छ । यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन,’ उनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ । हामी अरु पार्टीका नेताहरुजस्तो हिँड्छु भनेर हिँड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिनँ भनेर गर्न नपाउने ठाउँमा छैनौं । किनकि हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरु हौं ।’

उनले अध्यक्षसहित नेताहरु कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण वातावरणमा नभए त्यसले रुपान्तरणमा सहयोग नगर्ने बताए । सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरुले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई उनले आग्रह गरे । ‘कसैले पनि हाम्रो त्याग, तपश्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टी बाहिरबाट नहोस् । त्यस प्रकारका प्रवृत्तिप्रति सबै सतर्क हुन जरुरी छ,’ उनले भने ।


यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे । अनौपचारिक रुपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशीता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रुपमा भने स्वीकार्न नगर्ने अवस्था रहेको उनले उल्लेख गरे । ‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो । कांग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन् तर भोलि इतिहासले यो कुरा साबित गर्नेछ,’ उनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकारसम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरु धेरै छन् । राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्वीकार्छन् । यो उपलब्धिको फाइदा खान पनि तयार छन् । तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकि यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com