ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको घोषणा


abc news

काठमाडौ १४ साउन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेलायतको यस्तो कदमले हमासको आतङ्कलाई बढवा दिने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।

गाजामा मानवीय अवस्थाको सुधार र दुई–देशबीचको समस्या समाधानको सम्भावना समाप्त हुँदै गएकाले अहिले नै योजना सार्वजनिक गरेको बेलायतको भनाइ छ ।

हमासले पनि बन्धकहरू तुरुन्त मुक्त गर्न, युद्धविराममा सहमति जनाउन, हातहतियार त्याग्न र गाजाको शासनमा भाग नलिनुपर्ने बेलायतको भनाइ छ ।

फ्रान्सले पनि गएको हप्ता सेप्टेम्बरमै प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेको छ । अहिलेसम्म विश्वका १३९ देशले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिइसकेका छन् ।

यसैबीचसंयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको जनाएको छ ।

खाद्य सुरक्षा मूल्याङ्कन निकाय ९आईपीसी० ले गाजाको धेरैजसो क्षेत्रमा भोकमरीको अवस्था गम्भीर तह पार गरिसकेको जनाएको एएफपीले जनाएको छ ।

यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न नदिए स्थिति झनै डरलाग्दो हुने संयुक्त राष्ट्रसङ्घले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com